काठमाडौं १९ कात्तिक । नवगठित नेपाली कम्युनिस्टपार्टीका सह–संयोजक माधवकुमार नेपालले आफूहरूले गठन गरेको नयाँ पार्टी नै कम्युनिस्टको मुल पार्टीको निरन्तरता भएको दाबी गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेपालले भने, ‘एमाले र माओवादीबीच एकीकरण गरेर नेकपा हामीले गठन गरेका थियौँ। त्यतिखेरका सबै प्रमुख नेता यही उपस्थित हुनुहुन्छ।’

उनले त्यतिबेला गठन भएको ९ सदस्यीय सचिवालयको उल्लेख गर्दै भने, ‘त्यो सचिवालयमा प्रचण्ड, म आफैँ, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो। ती ९ मध्ये ५ जना अहिले पनि यो नयाँ पार्टीमा जोडिनु भएको छ। त्यसैले अहिले पनि मुल पार्टी यही भएको छ।’
प्रतिक्रिया