गुन्डुमा लुकेर बस्नुपर्नेले ट्याउँट्याउँ गरेर हुन्छ ?: घनश्याम भुसाल

काठमाडौं १९ कात्तिक । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन् ।

एकता प्रक्रियामा नगएर छुट्टै अभियान थाल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो तर्क गरेका हुन् ।

संख्याले मात्र हुने भए कांग्रेस र एमालेको सरकार जेनजी आन्दोलनबाट ढल्न नपर्ने उनको भनाइ थियो ।

‘प्रधानमन्त्री भागेर गुन्डुमा लुकेर बस्नुपर्ने अवस्था छ । अनि तिनले ट्याउट्याउ गरेर हुन्छ,’ भूसालले भने, ‘तिनी र म उस्तै हो । बरु म चाहिँ बाटोमा हिँड्दैछु । त्यसले गर्दा ठूलो र सानो, बहुमत र अल्पमतले मात्र हुन्न ।’

भूसालले पार्टी विभाजनका क्रममा संख्या हेरेर कित्ता हेर्ने दौडमा नकुद्न आग्रह गरे ।

 आगामी मंसिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति