सम्पादकीयः दश वर्षे सशस्त्र युद्ध, ०६२–६३ को जनआन्दोलन र संविधानसभाबाट संविधान घोषणा गराउने लिगेसी बोकेकेो प्रचण्ड नेतृत्वको पार्टी सहित विभिन्न समूहमा छरिएका नौ वाम समूहका बीचमा पार्टी एकताको घोषणा भएको छ । नवगठित पार्टीको नाम सम्भवत पहिलो पटक सही रुपमा राखिएको छः नेपाली कम्युनिष्ट पार्टी अर्थात् नेकपा । नेपालमा एउटै शक्तिशाली र एकीृकत कम्युनिष्ट पार्टी निर्माण गर्ने पहिलो प्रयत्न(२०७५–२०७८) दुर्घटना भएपछिको यो दोस्रो उल्लेखनीय प्रयत्न जस्तो देखिन्छ । एकीकृत पार्टीका प्रमुख नेताका रुपमा प्रचण्ड र माधव नेपाल बन्न पुगेका छन् । एकीकृत वाम पार्टी निर्माण गर्ने पहिलो प्रयत्नले संविधान निर्माणपछिको पहिलो निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको थियो । नीतिगत रुपमा तुलनात्मकरुपले सही कार्यदिशा तय गरेपनि सरकार सन्चालनका सन्दर्भमा पूर्णत वामपन्थी विरोधी दलालतन्त्रको घेरालाई पोस्ने र गरिबी, दुखी र सुकुम्वासीलई डस्ने, माक्र्सवाद विरोधी रवैया अपनाएको त्योताकाको सरकार र त्यसको नेतृत्व आन्तरिक शक्ति संघर्षको तनावले पार्टी तीन टुक्रा बन्नुका साथै संवैधानिक बेथितिको सुरुवात गर्ने दुखान्तमा टुंगियो । त्यो दुर्दान्त ऐतिहासिक पाठलाई नवगठित नेकपाले हरदम स्मरण गरिरहनु आवश्यक छ ।
प्रचण्डलाई रुपान्तरण हुने ऐहिासिक अवसर
नीतिगत नाराका रुपमा नेपाली विशेषतासहितको बैज्ञानिक समाजवादलाई पार्टीको कार्यक्रम बनाइनु र कथित क्रान्तिकारिताका लागि कम्युनिष्ट समूहले बोक्ने धेरैखाले जार्गनहरुलाई हटाइनु नवगठित पार्टीको सकारात्मक रुपान्तरण हो । निर्वाचन नै साध्य र साधन बनेको वर्तमानलाई आत्मसाथ गरेर नै हुनुपर्दछ, चुनावचिन्ह समेत सहज लाग्ने पाँच कुने तारा छानिएको देखिन्छ । यी प्राविधिक र तत्काकालिकताभन्दा ठूलो दायित्व एउटा जिम्मेवार वाम पार्टीले लिनु पर्ने कार्यदिशा र त्यसप्रतिको इमान्दारिता सवैभन्दा ठूलो कर्तव्य हो ।
यतिबेला नेपाल गम्भीर संकटको भूमरीमा फसेको छ । नेपाली इतिहासमा कहिल्यै नभएको दुर्घटनाले देश थिलथिलो भएको छ । सूचना क्रान्तिले वैश्विक चाल नै बदलिएदिएको छ । झण्डै उत्तर आधुनिकताको बाढीले मानवजातिको सोचाई, व्यवहार र अचारणलाई आधारभूतरुपले बदलिइरहेको छ । यसबाट राजनीतिक दल लगायतका संस्था र संरचनाहरु स्वभाविकरुपले प्रभावित हुन्छन् नै । पुँजीवादको शोषकारी पन्जाका नयाँ नयाँ रुप देखिइरहेका छन् । विश्वभर झण्डै एक अर्वभन्दा बढी मानिसहरु भोकमरिमा पिल्सिइरहेका छन् भने विश्वको झण्डै ७० प्रतिशत साधन र स्रोतमाथि जम्मा १० प्रतिशत धनकुवेरहरुले कव्जा जमाएका छन् । त्यसको सवैभन्दा सुन्दर उदाहरण तथा हुने र नहुनेबीचको विस्फोटकारुपमा विश्व पुँजीवादको राजधानी न्युयोर्क शहरको निर्वाचनमा देखिएको छ । त्यस घटनाले पनि नेपालका वामपन्थी तथा समाजवादीहरुलाई गम्भीर शिक्षा दिनेछ ।

सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्ने नवयुवा पुस्ता(जेन–जी) को आशा र चाहनालाई सम्वोधन गर्नु भनेको उनीहरुका परिवारले भोगिरहेका पीडा र स्वयं उनीहरुले झेलिरहेको हैरानीलाई सम्वोधन गर्नु हो । केलल चुनावमा कति प्रतिशत टिकट छुट्याइदिने, पार्टीमा समावेश गर्ने जस्तो सस्तो प्रचारवाजीले नवयुवा पुस्ताको चाहना र नेपाली समाजको अर्थ–राजनीतिक संकट समाधान हुन सक्दैन ।

पुँजीवादले साम्रज्यवादी शोषणका अनेकन आयाम थोपरिरहेर आर्थिक तथा समाजिक अन्तरविरोधलाई समाधान गर्नुको सट्ट झन बढी चर्काएकैले समाजवादी मूल्य तथा मान्यताको सान्दर्भिकतलाई न्युयोर्क शहहरको पछिल्लो निर्वाचनमा ३४ वर्षीय सामाजिक लोकतन्त्रवादी जोहरान मम्दानीको विजयले प्रमाणित गरेको छ । मम्दानीले विश्वभरकै पुँजीपतिहरुको वासस्थान रहेको, विश्वभरका वित्तिय पुँजीका मुख्यालय रहेको तथा वैश्विक राजधानी मानिने शहरमा सबैखाले सम्भ्रान्तहरुका विरुद्ध गरिवहरुको पक्षको नाराले चुनाव जितेका छन् । यो विश्व राजनीतिकै अभूतपूर्व घटना हो । यस घटनाबाट नवगठित नेकपाले गम्भीर शिक्षा लिनु आवश्यक छ ।
समाजवादी नीतिको अर्थ आवास, खाना, यातायात, शिक्षा लगायतका न्युनतम जिवन निर्वाहका विषयलाई सम्वोधन गर्नु नै हो । यस कर्तव्यबाट नेपालमा झण्डै ५५ प्रतिशत बढीको कम्युनिष्ट समाजवादी जनमतका बावजुद पनि छायाँमा पर्नु गम्भीर विडम्वना हो । नेपालको सवैभन्दा ठूलो वामपन्थी दल एमालेले आधारभूत समाजवादी नीतिहरु परित्याग गरेर प्रतिक्रियावादी ब्रुजुवा दलालतन्त्रसँग सहबरण गरेको बेइमानीबाट नवगठित नेकपाले गम्भीर शिक्षा ंिलंदै विगतका समग्र नीतिगत बेथिति, बेमेल र व्यक्तिगत शक्ति र सत्तालिप्समााथि विजय प्राप्त गर्नु पहिलो आवश्यकता हुनेछ । नवगठित नेकपाले न्युनतम भन्दा न्युनतमरुपले गरिब, किसान, शहरिया मजदुर तथा सुकुम्वासी र अवव्यवस्थित बसोबासले पिल्सिएका जनवर्गका मागलाई सम्वोधन गर्ने कार्यदिशा र त्यसको पक्षमा दृढतापूर्वक उभिने कार्यशैलीबाट सुरुवात गर्नु आवश्यक छ । कथित क्रान्तिकारी ठूला ठूला नारा र जनताले नबुझ्ने भाषाका साथै उट्पट्याङ भाषणवाजीको पुरानो शैली सुधार्नु पर्दछ । सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्ने नवयुवा पुस्ता(जेन–जी) को आशा र चाहनालाई सम्वोधन गर्नु भनेको उनीहरुका परिवारले भोगिरहेका पीडा र स्वयं उनीहरुले झेलिरहेको हैरानीलाई सम्वोधन गर्नु हो । केलल चुनावमा कति प्रतिशत टिकट छुट्याइदिने, पार्टीमा समावेश गर्ने जस्तो सस्तो प्रचारवाजीले नवयुवा पुस्ताको चाहना र नेपाली समाजको अर्थ–राजनीतिक संकट समाधान हुन सक्दैन ।
देशमा यतिबेला विगत ७ दशकभन्दा बढी समयदेखि भनिंदै आएका समस्या र संकट एकैपटक विस्फोट भएको परिवेश खडा भएको छ । यस्तो अन्योलको अवस्थामा राजनीतिक दलहरु बरालिने बढ्ता खतरा हुन्छ । सडकका माग, आक्रोश र चाहनालाई आधारभूत तहबाट समाधान गर्ने विधि अपनाइएन भने राजनीतिक दलहरु पनि कुहिरोका काग बन्ने खतरा रहन्छ । जुन पटक पटक हुँदै आएको छ । तसर्थ नेपाली इतिहासमा पटक पटक ऐतिहासिक राजनीतिक छलाङ र दायित्व निर्वाह गर्ने अवसर प्रचण्डले प्राप्त गरेका छन् । त्यो गुरुत्तर ऐतिहासिक शिक्षा लिएर नवगठित पार्टी नेकपालाई राष्ट्रिय राजनीतिको प्रमुख दल बनाउने तथा नेपालको कम्युनिष्ट आन्दोलनको बास्तविक प्रतिनिधि बनाउने ऐतिहासिक अवसर र जिम्मेवारी पुनः प्राप्त भएको छ । प्रचण्डले नै चलाएको आन्दोलनका क्रममा विभिन्न समयमा छुटेका र टुटेका शक्ति तथा व्यक्तित्ववहरु समेत यतिबेला नेकपाका नाममा जोडिएका छन् । ती सवैलाई र स्वयं आफूलाई समेत रुपान्तरण गरेर नेपालमा समाजवादको भविष्य उज्जवल छ भन्ने प्रमाणित गर्नु पर्ने दायित्व पूरा गर्ने अवसर र जिम्मेवारीलाई पूरा गर्नु नै प्रचण्डको दायित्व र यस एकताप्रतिको वास्तविक न्याय हुनेछ ।
प्रतिक्रिया