काठमाडौँ, १८ कात्तिक । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ९ वटा कम्युनिस्ट पार्टी–समूह एक भएर नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टी बनेको छ । नेकपा पार्टीको घोषणापत्र तयार भएको छ। यसमा पदाधिकारीको उमेरहद र कार्यकाल तोक्ने व्यवस्था गरिएको छ।
युवा र जेन–जीको २० प्रतिशत प्रतिनिधित्व
नयाँ पार्टीले नेतृत्व हस्तान्तरणको वैज्ञानिक विधि बनाउने भएको छ।
हरेक कमिटीमा २० प्रतिशत जेन–जी र युवा
३५ प्रतिशत महिला
१५ प्रतिशत दलित
५ प्रतिशत मुस्लिम
यो व्यवस्था गाउँदेखि केन्द्रसम्मका सबै कमिटीमा लागू हुनेछ।
मुख्य लक्ष्य : वैज्ञानिक समाजवाद
पार्टीले ‘वैज्ञानिक समाजवाद’ लाई मुख्य लक्ष्य बनाएको छ।
अहिलेको प्रधान अन्तरविरोधः वित्तीय–दलाल पुँजीवाद र आम जनताका बीचमा रहेको छ । यसलाई समाधान गर्न समाजवादी क्रान्ति अपरिहार्य मानिएको छ।
नेपाली विशेषताको समाजवादः लोकतान्त्रिक मूल्यसहितको, समाजवादी बाटोबाट प्राप्त गर्ने ।
चार मुख्य नीति
१. राज्य व्यवस्था
काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याह्वान (रिकल) गर्ने अधिकार।
२. अर्थव्यवस्था
सबै श्रमसक्षम व्यक्तिलाई योग्यताअनुसार काम, कामअनुसार दाम।
आर्थिक विकासमा द्रुत गति।
३. सामाजिक–सांस्कृतिक
समावेशी र न्यायपूर्ण समाज निर्माण।
४. राष्ट्रिय हित र परराष्ट्र नीति
पञ्चशीलमा आधारित स्वतन्त्र, असंलग्न, सन्तुलित नीति।
राष्ट्रिय स्वाधीनता र समृद्धिको पक्षमा उभिने।
२३ वटा प्रतिबद्धता व्यक्त गरिएको छ ।
संविधानको रक्षा, तर शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता र स्थानीय तहको संख्या घटाउने गरी अग्रगामी परिमार्जन।
उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोग गठन गरेर भ्रष्टाचारीको सम्पत्ति छानबिन र कडा कारबाही।
जेन–जी पुस्ताको मुद्दा र आकांक्षा सम्बोधन।
कमीकमजोरी सच्याएर कार्यशैलीमा सुधार।
सबै नेता–कार्यकर्ता उत्पादन र श्रममा संलग्न।
यो घोषणा पत्र कात्तिक १९ गते हुने घोषणासभा मार्फत सार्वजनिक गरिने नवगठित नेकपाका नेता अग्नी सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया