माओवादी बैठकबाट पार्टी एकतासम्बन्धी प्रस्ताव पारित

काठमाडौँ १८ कात्तिक। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ ।

प्रज्ञा भवन कमलादीमा बसेको अन्तिम बैठकमा पार्टी महाधिवेशन आयोजक समितिका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव पेस गरेका थिए । श्रेष्ठको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका थिए ।

त्यस क्रममा श्रेष्ठले पार्टीलाई अझ बलियो बनाउँदै जेनजी पुस्ताको भावना समेतटेर अघि बढ्ने बताए । बुधबार नेकपा एकीकृत समाजवादी लगायतका दलसँग माओवादीले एकता गर्दैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति