काठमाडौं, १८ कात्तिक । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले वाम आन्दोलन पुनर्गठनको खाका तयार पार्न जनार्दन शर्मा (माओवादी केन्द्र) देखि नेत्रविक्रम चन्द ‘विप्लव’ (कम्युनिस्ट पार्टी नेपाल) सम्मका नेतासँग छलफल थालेका छन्।
मुख्य बुँदाहरूः
८ वाम घटकको एकता प्रक्रियाः माओवादी केन्द्रसहित ८ दल एकतामा सहमत। जनार्दन शर्मा असहमत हुँदै सहयात्रा तोड्दै प्रचण्डसँग बिदावारी भएका छन् ।
भूसालको प्रस्तावः सत्ताको पुच्छर नभई जनताप्रति जवाफदेही, सामाजिक न्याय, सुशासन र राष्ट्रहितमा केन्द्रित नयाँ वाम आन्दोलन बनाउने योजना ।
विप्लवसँग समझदारीः रूपान्तरण र पुनर्गठनमा विप्लवसँग सहमत भनिए पनि ठोस आकार लिन मुश्किल
एकीकृत समाजवादीभित्र विभाजनः
भूसाल–खनाल पक्षः पुनर्गठनको पक्षमा (३ पदाधिकारी, ६ं स्थायी समिति, ५०ं केन्द्रीय सदस्य)।
झाँक्री, थापा, श्रेष्ठ लगायत एमालेमा समाहित हुने तयारीमा ।।
ओलीको अडानः समूहगत होइन, व्यक्तिगत रूपमा मात्र स्वागत गर्न तयार। नीति र नेतृत्वको बारमा प्रश्न गर्न नपाइने ।
भूसालको दाबीः
समाजवादी कार्यदिशा आफैंले तयार पारेको उनले दावी गर्दै आए पनि बृहत पार्टी निर्माणका बेल गुट बनाउन हिंडेपछि गम्भीर प्रश्नको सामना गरिरहेका छन्, गरिरहनेछन् ।
“राजनीतिक मोलमोलाइ अभिशाप” – नेतादेखि कार्यकर्तासम्म बार्गेनिङको प्रवृत्ति।
प्रतिक्रिया