काठमाडौं १८ कात्तिक। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ। बानेश्वरमा केही बेरअघिबाट भेला सुरु भएको हो।
आफूहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर महाधिवेशन माग गर्दा समेत पार्टी नेतृत्वले अटेर गरेको भन्दै दबाब दिन भन्दै आज भेला राखेको हो।
कांग्रेसमा महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् भने संस्थापन पक्ष चुनावपछि मात्रै गर्ने रणनीतिमा छ।
यसैबीच विभिन्न आठवटा समूहसँग एकता सम्झौतामा हस्तक्षर गरेको नेकपा माओवादी केन्द्रको अन्तिम केन्द्रिय समिति बैठक प्रज्ञा भवनमा शुरु भएको छ । केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार बैठकले पार्टी सचिवालयले गरेको एकता सम्वन्धी निर्णयलाई अनुमोदन गर्ने एकमात्र कार्यसूची रहेको छ ।
बुधबार एकतामा सामेल आठ समूहकै संयुक्त भेला गरेर एकताको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको छ ।

एकता अघि प्रदर्शन गर्ने
एकता घोषणाअघि नौ वामपन्थी दलले बुधबार जनप्रर्शन गर्ने भएका छन्।
एकता घोषण सभाअघि जनप्रदर्शन गरिने माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए।
भोलि हुन लागेको नौ वाम दलबीचको एकताको निर्णयलाई अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक अहिले प्रज्ञा भवन कमलादीमा सुरु भएको छ।
प्रतिक्रिया