नीति र नेतृतवका बारेमा प्रश्न उनगर्नेगरी पार्टी प्रवेश गर्न एसका नेताहरुलाई शंकर पोखरेलको आग्रह

काठमाडौं, १७ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी छोडेर गएका नेताहरूलाई पुनः पार्टीमा फर्कन आह्वान गर्दै ‘घर फर्किन कुनै अनुमति आवश्यक नहुने भन्दै निरस निम्तो दिएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै पोखरेलले पार्टीको नीति र नेतृत्वमाथि विवाद गर्ने र पार्टीमा भाँडभैलो मच्चाउने सोचले भने नआउन स्पष्ट गरेका छन् । ‘नेकपा एमालेबाट अलग भएकाहरूको सन्दर्भमा केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गरेका छौँ आफ्नो घर फर्कनका लागि कुनै एकता गरिरहनु पर्दैन, घरका सन्तानहरू कोही बाहिर गएपछि घर आउँछु भन्दा अनुमति लिनुपर्छ र ?’, उनले भने ।

पार्टीमा फर्कनेहरूलाई क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने पनि उनेले बताए । ‘तर, सर्त एउटै छ – नीति र नेतृत्वका प्रश्नमा सहमति गरेर आउनुस्, बहस विवाद गर्न आउने कुरामा पार्टी सहमत हुन सक्दैन,’ पोखरेलले थप स्पष्ट पारिदिएका छन् ।
अब एकीकृत समाजवादीबाट अन्य दलसँगको एकतामा नगएका हरु खुरुक्क चुप बस्नेगरी एमालेमा जान बाटो खुलेको छ ।
पोखरेलले पार्टीभित्र पुनर्मिलनका लागि वातावरण बनाइएको बताउँदै उनले भने यी दुईवटा प्रश्नमा सहमत हुने जो कोहीका लागि नेकपा एमालेको ढोका सधैँ खुल्ला छ ।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे समेत टिप्पणी गर्दै भण्डारी साझा व्यक्ति भएकाले अहिले पनि सोही भूमिकामा रहनु राम्रो हुने सुझाव दिए । राजनीतिमा आउने हो भने उहाँले पार्टीलाई सहमत गराउन सक्नु पर्ने पोखरेलको धारणा छ । ‘विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय हुने चाहना राख्नुभयो भने त्यसबारेमा पार्टीले थप निर्णय गर्नेछ,’ ।

एमालेभित्र पछिल्लो समय ‘एकता र पुनर्मिलन’ को बहस तीव्र बन्दै गएको छ । केही समयदेखि एमालेले पार्टी फुटाएर अलग भएका नेताहरूलाई ‘घर फर्कने अभियान’ मार्फत पुनः पार्टीभित्र ल्याउने प्रयास गर्दै आएको छ । सो सन्दर्भमा महासचिव पोखरेलले सबैलाई पार्टीमा फर्कन र जनताको बहुदलीय जनवादलाई स्वीकार गरेर अन्य पार्टीमा रहेकालाई पनि नेकपा एमाले आउने धारणा दोहराएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति