अक्कल गुरुङको परिवारका तीनै जना प्यारालाइसिस, पैसा अभावले उपचार हुन सकेन् (भिडियो)

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका १२ जस्पुरका अक्कलबहादुर गुरुङको परिवारका तीनै जना प्यारालाइसिस भएर थलिएका छन् । आफू स्वयम अकलबहादुरसहित उनकी श्रीमती र छोरा प्यारालाइसिस भएर थलिएको वर्षौ भइसकेको छ ।

जेठा छोरा १४ वर्षदेखि प्यारालाइसिस भएर थलामै छन् । अकलबहादुर सात वर्षदेखि प्यारालाइसिस भएर ओछ्यानमा छन् भने उनकी श्रीमती तीन वर्षदेखि प्यारालाइसिस भइन् । तीनै जना थलामै दिशापिसाव, थलामै खानपिन गर्नुपर्ने स्थितिमा छन् ।

अकलबहादुर र जेठा छोरा बोल्न सक्दैनन् । जतिबेला पनि अकलबहादुर ‘आमा आमा …’ भनिरहेका हुन्छन् । अरु केही बोल्न सक्दैनन् । अलिअलि अकलकी श्रीमती बोल्न सक्छिन् । हिडडुल गर्न सक्दैनन् ।

https://www.facebook.com/share/v/1F7wSkY8b7

घरका सबै जना थला परेपछि उनीहरुको उपचार हुन सकेको छैन । आर्थिक अभावमा कहिलेकाहिँ त उनीहरुको खानपानमा समेत समस्या पर्ने गरेको छ ।

उनीहरुको हेरचाह छोरी फत्तकुमारी र ज्वाइँले गरिरहेका छन् । फत्तकुमारी भन्छिन्, ‘उपचार त गराउन सकिएन नै, भनेको समयमा राम्रो खान खुवाउन सकिएको छैन ।’

तीनै जनाको दिशापिशाप सोर्दासोर्दै हैरान भएको सुनाउने फत्तकुमारी पैसा भएसम्म त ‘डाइपट’ किन्ने गरेको बताउँछिन् । तर, अपांगता भत्ता र आफूहरुले मजदुरी गरेर कमाएको पैसाले खानाका लागि त धौधौ हुन्छ भने डाइपट र अरु सामान त परैको कुरा भयो ।

बेला–बेलामा जस्पुरकै आफन्तहरुले सघाउने गरेको उनले सुनाइन् ।

आफूहरु आएका बेला सामानहरु ल्याइदिने गरेको सिकारी सदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङले बताए ।

कथा यात्राका क्रममा जसपुर पुग्दा एकै परिवारका तीन जना प्यारालाइसिस भएर थलामै रहेको फेला परेको हो । अहिलेसम्म कुनै मिडिया नआएको भन्दै फक्तकुमारीले मिडियाले सार्वजनिक रुपमा घरको दयनीय स्थिति सार्वजनिक गरिदिँदा केही सहयोग जुट्थ्यो कि भन्ने आशा व्यक्त गरिन् ।

उनले भनिन्, ‘अहिलेसम्म जेनोतिनो धानिएको छ, यसरी कति दिन धानिएला र ।’

उनले गुरुङ समुदाय लगायत सबैमा सहयोगको अपेक्षा गरिन् ।

एकै परिवारका तीन–तीन जना प्यारालाइसिस भएर थलामा परेको स्थिति देखेपछि कथा यात्राको टीमले पनि सबैमा सहयोगको अपिल गरेको छ । सहयोग जुटाएर सहयोगका लागि जस्पुरमा जाने योजना बनाएको छ ।

https://www.facebook.com/share/v/1F7wSkY8b7

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति