मध्यरातमा पोस्ट र डिलिट भएको बालेनको स्टाटसले सञ्जालमा निम्त्यायो बहस


काठमाडौँ, १६ कात्तिक । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फेरि एकपटक विवादमा तानिएका छन् । शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत एउटा स्टाटस लेखेका थिए, जसमा प्रयोग गरिएका शब्दले बालेन विवादमा तानिएका हुन् ।उक्त स्टाटसमा उनले दुई छिमेकी मुलुक चीन र भारतसँगै अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नामसमेत उल्लेख गरेका थिए । पोस्ट सार्वजनिक भएको केही मिनेटमै त्यसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र आलोचना निम्त्यायो ।

लगभग आधा घण्टापछि बालेनले उक्त स्टाटस हटाएका थिए । तर त्यसअघि नै उनको अभिव्यक्ति भाइरल भइसकेको थियो । जसको स्क्रिसट धेरै जना प्रयोगकर्ताले लिइसकेका छन् । जुन यतिबेला सञ्जालभरी छन् ।

यतिबेला सञ्जालभरी एक खालको बहस सुरु भएको छ । अधिकांशले बालेनको विरोध गरेको देखिन्छ भने कतिले मजाकको रुपमा लिएको पनि देखिन्छ । छिमेकी मुलुकहरूमाथि यसरी प्रहार गर्नु कुनैपनि मुलुकको लागि राम्रो नहुने अधिकांशको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति