चौतर्फी असफल बाबुरामको बुद्धिः’ वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैन’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्।
माओवादीबाट अलग भएको एक दशकसम्म अनावश्यक र उत्तेजक अभिव्यक्ति दिंदै आएका भट्टराईले यतिबेला जेनजी प्रतिनिधी र नयाँ दलहलाई अर्ति दिंदै हिंडेका छन् । आन्तरि विवादमा फसेको रास्वपाले आज आयोजना गरेको एक अन्तरिक्रियामा भट्टराईले आफलाई असली बाजेको पेडा देखाउने कोशिश गरेको भन्दै सहभागीहरुले टिप्पणी गरेपछि उनी बीचमै कार्यक्रमबाट हिंडेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेका बेला बाबुरामले भने शुरु देखि नै वर्तमान म्याडम कार्की सरकारको बचाउ गर्दै हिंडेका छन् ।

भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरूले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए। वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमीहरू हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाई थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरुले अघि बढ्दा नै उपयुक्त हुने समेत बताए।

उनले भने, ‘अब निर्वाचन त हामीले जसरी पनि गर्नुपर्छ। कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अध्यारो सुरुङमा देश फस्छ त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ। यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं। तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ। त्यसमा निम्ति जुन हाम्रा अलगअलग दलहरु छन्। अलग अगल दल पनि चुनावमा जान सकिन्छ। रास्वपाका साथीहरूलाई हामी एक्लै जान सकि हाल्छौ भन्ने आधारहरु पनि छन् त। ’

भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरुलाई बलियो बनाएर अघि बढ्न उपयुक्त हुने पनि स्पष्ट पारे।
यही कत्तिक ११ गते भट्टराईले आफ्नीछोरी मानुषी यमि भट्टराईलाई नेता देखाउनेगरी एक अन्तरक्रिया गराएका थिए । तिनै सहभागी हुबहु नै उपस्थित रहेको शुक्रबारको कार्यक्रम भने रास्वपाका उपाध्यक्ष स्वर्णीम वाग्लेले आयोजना गरेका हुन् । कार्यक्रममा श्रीमतीसँगको विवादले पार्टी ध्वस्त पारेका नाउपाका संरक्षक रेशम चौधरी समेत उपस्थित थिए । चौधरीले हिजोमात्र नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति