काठमाडौं (सिन्ह्वा) : चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र संयुक्त राज्य अमेरिकाका आर्थिक तथा व्यापारिक टोलीहरूले गहन वार्ता गरेको भन्दै समस्याहरूको समाधानमा सहमतिका साथ निष्कर्षमा पुगेका छन्।
दक्षिण कोरियाको राजकीय भ्रमण र ग्योङजुमा भएको ३२औँ एपेक आर्थिक नेताहरूको बैठक मा सहभागी हुन बुसानमा अवतरण गरेपछि अमेरिकी समकक्षी डोनाल्ड ट्रम्प८सँगको भेटका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।
आर्थिक तथा व्यापारिक अन्तरक्रियाहरू दुई देशको सम्बन्धमा अवरोध वा द्वन्द्वको स्रोतनभई आधार र चालक शक्ति रहनुपर्नेमा जोड दिँदै सीले दुवै पक्षलाई प्रतिशोधको खराब चक्रमा फस्नुको सट्टा सहयोगबाट प्राप्त हुने दीर्घकालीन फाइदाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरे।
उनले दुवै पक्षका आर्थिक तथा व्यापारिक टोलीहरूलाई समानता, सम्मान र पारस्परिक लाभका सिद्धान्तहरूमा आधारित रहेर समस्याहरूको सूचीलाई निरन्तर साँघुरो पार्दै लैजान र सहयोगको सूचीलाई विस्तार गर्न पनि आह्वान गरे।
प्रतिक्रिया