बैतडीमा जीप दुर्घटना, एकजनाको मृत्यु, चार घाइते

काठमाडौं, १३ कात्तिक । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शिवनाथबाट आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका(७ स्वाखानीमा गएराति दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मेलाली नगरपालिका २ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले जानकारी दिए। घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको प्रहरीले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति