राजुनाथ पाण्डे निलम्बन, उच्च अदालतद्वारा रिट खारेज

काठमाडौं, १२ कात्तिक । उच्च अदालत पाटनले यसअघि दिएको आदेश खारेज गर्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै रहने आदेश गरेको छ ।पाण्डेले दायर गरेको रिट खारेज गरिएको उच्च अदालत पाटनका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए । न्यायाधीशहरु डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दिएको रिट निवेदन खारेज गरेको हो ।काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यकक्षमा प्रवेश रोक लगाएपछि उनलाई निलम्बन गरिएको थियो । आफूलाई गैरकानुनी रुपमा नै निलम्बन गरिएको भन्दै पाण्डेले रिट दायर गरेका थिए । सोही रिट अहिले खारेज गरेको हो ।यसअघि उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति