ओलीसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध रिट दर्ता

काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का, स्थान हद तोकेको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री कार्यालय, जेन–जी घटनासम्बन्धी गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र गृह मन्त्रालयसमेतलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् ।

आयोगले ओली, लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान आयोगका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालको पासपोर्ट रोक्का साथै काठमाडौं उपत्यका छाड्न नपाउने गरी स्थान हद तोकेको थियो ।

जाँचबुझ आयोगको उक्त निर्णय सम्मानपूर्वक बाँच्न पाउने अधिकार गैरकानुनी रहेको भन्दै सिलवालले रिटमा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधान तथा कानुनले दिएको अधिकार साथै राजनीतिक पूर्वाग्रहपूर्ण रहेको उल्लेख गरिएको छ । उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न परमादेश मागिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति