जेनजी आन्दोलनमा उदण्ड मच्चाउने नाइके सेनाले बर्खास्त गरेका भुवन शाही

काठमाडौं, ११ कात्तिक । जेनजी आन्दोलनमा उदण्ड मच्चाउँदै तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति सेनाको बखास्तीमा परेको रहेको खुलेको छ ।आगजनी, तोडफोड र लुटपाटमा संलग्न्न भएको आरोपमा प्रहरी सोमबार मिनभवनबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१ घर भएका २७ वर्षीय भुवन शाहीलाई पक्राउ गरेको थियो । काठमाडौंको धापासी कृष्ण मन्दिर बस्दै आएका उनी भने सेनाको बर्खास्तीमा परेको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीले बताए ।२०७४ सालमा नेपाली सेनामा प्रवेश गरेका उनी २०७५ मा बर्खास्तीमा परेको खुलेको छ । चालकको रुपमा नक्कली लाइसेन्स पेस गरेको खुलेपछि उनी बर्खास्तीमा परेका थिए । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
२४ भदौको जेनजी आन्दोलनमा उनी प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी, लुटपाटमा संलग्न रहेको भिडिओमा देखिएको प्रहरीले बताएको छ । उनले बानेश्वरमा रहेको ग्लोबल कलेजमा प्रवेश गरेर पनि लुटेको पाइएको प्रहरीले बताएको छ ।उनले प्रहरीको एक थान मोटरसाइकल, प्रहरीको राइट कन्ट्रोल गियर, ग्लोबल कलेजमा रहेको २ थान ट्रफी, गाडीको ड्यासबोडमा राख्ने गणेशको मूर्ति र क्यानन कम्पनीको डीएसएलआर क्यामेरा लुटेको फुटेजमा देखिएको प्रहरीले बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति