देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौं, ११ कात्तिक ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर गएका छन्। सोमबार राति ११ः५ बजे सिंगापुर विमानमार्फत उनीहरु सिंगापुर उडेका हुन्।

गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा मरणासन्न हुने गरि आक्रमणमा परेका थिए। उनीहरुलाई त्यति बेला केही सुरक्षाकर्मी र केही जेनजी आन्दोलनकारीले नै जोगाएका थिए।

त्यहाँबाट जोगाएर देउवा दम्पतीले छाउनीस्थित नेपाली सेनाको अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारपछि देउवा परिवार अहिले काठमाडौँमा एक घर भाडामा लिएर बस्दै आएको छ। आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा १२ वटा टाँका लगाएको कांग्रेस नेताहरुले बताएका थिए।
यसबीचमा वर्तमान अन्तरिम सरकारले देउवा दम्पतीसहितको पासपोर्टसमेत रोक्का गर्दै काठमाडौँ बाहिर जान अनुमति लिनुपर्ने निर्णय गरेको थियो। तर देउवा उपचारका लागि जाने जानकारी गराएपछि देउवा दम्पतीको हकमा यो फुकुवा गरिएको छ। देउवा दम्पतीले विमानस्थलमा भिआइपी कक्ष प्रयोग गरेनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति