देउवा दम्पती उपचारका लागि सिंगापुर उडे

काठमाडौं ११ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि अहिले राति ११ बजेको उडानमा सिंगापुर गएका छन्। उनीसँग पत्नी आरजु राणा देउवा पनि छन्।

जेनजी आन्दोलन क्रममा भदौ २४ गते आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि भौतिक आक्रमण भएको थियो। उनीहरूको घरमा समेत आगजनी र तोडफोड गरिएको थियो।

सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने तत्कालीन परराष्ट्रमन्त्री राणालाई प्रदर्शनकारीहरूले लछारपछार गरेका थिए।

त्यस दिन नेपाली सेनाले उद्धार गरेर सभापति देउवा दम्पतीको उपचार गरेको थियो।

असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर केन्द्रीय समिति बैठकमा धारणा राख्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति