तीन मन्त्रीको मधेश यात्रा : चुनावको सुरक्षा तयारीबारे जानकारी लिने

काठमाडौं, १० कात्तिक । नेपाल सरकारका तीन मन्त्रीसहितको टोली आज मधेश प्रदेश जाँदै छ ।गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगालसहितको टोली मधेश प्रदेशको राजधानी जनकपुर जान लागेको हो ।सो टोलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र शान्ति सुरक्षाको व्यवस्थाबारे जानकारी लिने बताइएको छ ।मन्त्रीहरुको टोली सोमबार र मंगलबार दुई दिन मधेश प्रदेशमा रहने छ ।त्यसक्रममा उनीहरु सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया तथा छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति