दरबारमार्गबाट भदौ २४ गते लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं, ८ कातिक । प्रहरीले काठमाडौंको नरेफाँटबाट भदौ २४ गते लुटिएको पेस्तोलको गोलीसहित २ किशोरलाई गोलीसहित पक्राउ गरेको छ। शुक्रबार नरेफाँटबाट बर्दियाको बढैया गाउँपालिका–३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापा मगर पक्राउ परेका हुन्।
गिरीसँग सोधपुछका क्रममा भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली लाजिम्पाटबाट लुकाएर राखेको अवस्थामा फेला परेको हो। उनको डेराबाट ३११(२३ लेखिएको पेस्तोलका ३ थान गोली फेला परेको छ। गिरीसँगको बयानका आधारमा थापा मगरसँग पनि गोली रहेको खुलेको हो।
थापा मगरको काठमाडौँ महानगरपालिका मालिगाउँ आनन्द भैरव मार्गस्थित रहेको डेरा कोठा खानतलासी गर्दा ३११(२३ लेखिएको पेस्तोलको गोली २ थान, छालाको पेटी वेल्टको बक्कल एक सेट फेला पारी बरामद गरिएको प्रहरीको भनाई छ।

उनीहरुलाई जरुरी पक्राउ पुर्जी दिई थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति