काठमाडौं, ७ कातिक । भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिक आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको छ।बसमा ४२ जना सवार थिए र आगलागीपछि बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
केही यात्रु गम्भीर घाइते भएका छन् र मृतक संख्या बढ्ने आशंका गरिएको छ। प्रारम्भिक जानकारीअनुसार एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगो लागेको बताइएको छ, तर कारण आधिकारिक रूपमा पुष्टि गरिएको छैन।
प्रतिक्रिया