त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा इरानविरुद्ध खेल्दै नेपाल

काठमाडौँ, ७ कात्तिक । नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । कप्तान सावित्रा भण्डारीले खेलका निम्ति नेपाली टिम तयार रहेको बताएकी छन् । आफूहरू इरानविरुद्ध चुनौती पेस गर्न तयार रहेको बताएकी छन् ।

“नेपाल इरानविरुद्ध खेल्न तयार छ । यहाँ (भारत) आइसकेपछि हामीले मैदानको पनि अवलोकन गरिसकेका छौँ,” उनले भनिन्, “हामी सबै खेलाडी इरानविरुद्ध खेल्न मानसिक र शारीरिक रूपमा तयार छौँ ।”

खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६ः१५ बजे सुरु हुनेछ ।

नेपालले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो । उद्घाटन खेलमा यसअघि इरानले घरेलु टिम भारतलाई २–० ले पराजित गरेको थियो ।

बिहीबार मैत्रीपूर्ण फुटबलको ट्रफी अनावरण गरिएको थियो । प्रतियोगितामा हरेक टिमले दुई खेल खेल्नेछन् । शीर्ष टिमलाई विजेता घोषणा गरिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति