भाइटिकामा उपत्यका छाड्ने यात्रुहरूको संख्या बढ्यो

काठमाडौं, ५ कातिक । तिहारअन्तर्गत भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको संख्या बढेको छ।उपत्यकाका विभिन्न नाकाका साथै बसपार्कहरूमा यात्रुहरूको भिड देखिएको छ। शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहानसम्ममा करिब ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। उपत्यका बाहिरिने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरूको संख्या पनि उतिनै देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्तिक ३ गते बिहान ६ देखि कार्तिक ४ गते बिहानसम्म ४० हजार ९ सय ७७ यात्रु बाहिरिँदा ४० हजार ४०८ यात्रु उपत्यका प्रवेश गरेको ट्राफिक कार्यालयले जानकारी दिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति