काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्न नमिल्ने बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै पार्टी नेतृत्वमा दुई कार्यकालको व्यवस्था अध्यक्ष केपी ओलीले नै लडेर राखेकाले त्यसमा अड्ने इमान्दारिता प्रदर्शन गर्न बास्कोटाले ओलीलाई आग्रह गरेका छन् ।
उनले भने, ‘२ कार्यकाल ओलीले आफैँले लडेर राखेको व्यवस्था भएकाले त्यसमा जानुपर्छ, विद्या भण्डारीको सदस्यता हिजो किन रोकेको रु अध्यक्षले किन रोकेको रु विद्याको सदस्यता रोकेकोमा हिजो पनि मेरो असहमति थियो आज पनि असहमति हो । महाधिवेशन आइसकेको हुनाको अब नेतृत्वको त्यहीँ छिनोफानो हुन्छ । दुई कार्यकाल तपाईँले लडेर विधानमा राखेको हो, त्यसमा अडिनुस् ।’
जेनजी आन्दोलन र त्यसमा हुनसक्ने हिंसात्मक तयारीबारे तत्कालीन सरकारकाले थाहा नपाउनु र थाहा पाएको भए तयारी नगर्नु दुवै कमजोरी रहेको बास्कोटाले बताए ।
उनले थपे, ‘भारत र चीनले किन समर्थन गरे ? ६ पटक संसद् खोसियो, ३ पटक हामीले हाम्रो विघटन असफल भयो, जनतामा जाँदा के लिएर जाने ? पार्टीभित्र के गर्ने ? सरकारले थाहा नपाउनु कमजोरी हो, थाहा पाएको भए रोकथाम गर्न नसक्नु कमजोरी ।’
पोलिटब्युरो सदस्य कृष्ण राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिने निर्णयको आलोचना गरेका छन् ।

शुक्रबार ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटीको बैठकमा राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको संवैधानिक र नैसर्गिक अधिकार वञ्चित गरिरहेको बताए ।
“हिजो केपी कमरेडले माधव नेपालहरूलाई विद्या भण्डारीलाई नहेप, म सहन सक्दिनँ भन्नुहुन्थ्यो । अनि आज हामी सोचिरहेका छौँ, स्वयं केपी कमरेडले विद्या कमरेडको संवैधानिक र नैसर्गिक अधिकारमाथि वञ्चितमात्र होइन, घण्टौँसम्म उहाँमाथिको लाञ्छना के हामी चाहिँ सहेरै बस्न सक्छौँ र ?,” राईले भने ।
अर्को प्रसंगमा उनले आफूहरू अहिले नयाँ परिवेशमा भएको बताए । उनले ‘धमिलो पानीमा कसैले माछा मारेको तर पानी नै धमिलो कसरी भयो’ भन्ने महत्त्वपूर्ण भएको बताए ।
राईले संसद् पुनर्स्थापनाको माग सबै दलसँग छलफल गरेर मात्र उठाउनुपर्ने पनि बताए । संसद् पुनर्स्थापनाको माग सडक आन्दोलनबाट देखिने ठोस आधार नदेखिएको पनि उनको बुझाइ छ ।
“हिजोको जस्तो सबै संसद्वादी दल एक ठाउँमा छैनन् र संसद् पुनर्स्थापनाको माग सडक आन्दोलनबाट प्राप्त हुने कुरामा ठोस आधार देखिँदैन । पहिलो हुने नाममा हतारमा र एक्लै दौडेर धारणा सार्वजनिक गर्न भन्दा यो केन्द्रीय कमिटीले पहिला सबै संसद्वादी दलहरूसँग गोलमेच सम्मेलन गर्ने र अनिमात्र आगामी कार्यदिशाको नीति तय गर्न बेस हुन्छ भन्ने कुरा म त्यो केन्द्रीय कमिटीलाई आग्रह गर्न चाहन्छु,” उनले भने ।
प्रतिक्रिया