काठमाडौं । इजरायल–गाजा युद्धका क्रममा हमासको सैन्य शाखाले २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ।
जसलाई आज (सोमबार, २७ असोज) रिहा गर्ने तयारी गरिएको छ।
सूचीमा ती २० जना बन्धक समावेश छन्, जसको नामावली पहिले नै वार्ताको एक भागका रूपमा इजरायललाई दिइएको थियो।
द टाइम्स अफ इजरायलका अनुसार सार्वजनिक सूचीमा अपहरण गरिएका सिपाही तामिर निम्रोदी र नेपाली नागरिक विपिन जोशीको नाम भने छैन।
इजरायल र हमासबीच भएको सम्झौताअनुसार आज सोमबार त्यहाँको समय दिउँसो १२ बजे अर्थात् यहाँको दिउँसो २स्४५ बजेसम्म सबै बन्धक रिहा गरिनुपर्नेछ।
प्रतिक्रिया