ओली र लेखकलाई पक्राउबारे धेरै छलफल तर लिखित आदेश दिन कोही तयार छैन

काठमाडौं २१ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गहृमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागका विषयमा सुरक्षा प्रमुखहरुसँग धेरै चरणमा प्रधानमनत्री शुशीला कार्कीले छलफल गरेकी छन् ।
त्यस्ता छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्नुपर्ने पैरवी गरे पनि प्रहरी अधिकारीहरुले सरकारले लिखित आदेश दिनु पर्ने माग गरेको बुझिएको छ ।

स्रोतका अनुसार प्रनमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गरिरहेकी छन् ।


जेनजी युवाहरुले ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी लगेर गएका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि त्यो विषय सामाजिक सन्जालतिर ह्यासट्याग अभियानमा मोडिएको छ ।

गृहमन्त्रीसँगको छलफल पनि जाहेरी दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा प्रहरी प्रमुखले छफल गरे पनि निर्णयमा गर्न सकेका छैनन् । ।

‘गृहमन्त्री जाहेरी दर्ता गर्नुपर्ने पक्षमा थिए तर प्रहरी अधिकारीहरुले आज पूर्वप्रधानमन्त्रीविरुद्ध जाहेरी आउला, अर्को पूर्व पदाधिकारी माथि आउला काठमाडौंका मेयर बालेनविरुद्ध जाहेरी आउला, त्यस्तो बेला के गर्ने प्रश्नको कार्की सरकारका मन्त्रीहरुरुले जबाफ दिन नसकेपछ थप अलमल देखिएको छ ।

गृहमन्त्री, गृहसचिवसहित चार वटै सुरक्षा अंगका प्रमुखहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त छलफल बेलुकादेखि मंगलबार बिहान २ बजेसम्म चलेको बताइएको छ ।


छलफलको क्रममा प्रधानमन्त्री कार्कीले जेनजी युवाहरुको मागका साथै सुरक्षा अंगका प्रमुखहरुसँग विकसित परिस्थितिलाई कसरी सम्हाल्ने भनेर कानुनी रुपले नै अघि बढ्नु पर्ने संकेत गरेको एक उच्च अधिकारीले बताएका छन् ।

सुरक्षा अधिकारीहरुले प्रधानमन्त्री कार्कीबाट लिखित निर्देशन प्राप्त भए सोहीअनुसार अघि बढ्न तयार भएको बताएका छन् ।

छलफलका क्रममा सुरक्षा अधिकारीहरुले जेनजी युवा आन्दोलनको क्रममा प्रहरीहरुबाट लुटिएका १२७६ हतियार मध्ये अझै पनि ८ सय भन्दा बढी हतियार फिर्ता नभएको जानकारी गराएका थिए ।
अर्कोतिर ओली र लेखकलाई पक्राउ गर्ने बारेमा सामाजिक दबाब बढाउनकै लागि सामाजिक सन्जालमा ओली र लेखकलाई पक्राउ गर्नु पर्ने अभियान शुरु गरेपछि जबाफमा काठमाडौंका मेयर बालेन, हामी नेपालका संयोजक सुदन गुरुंग विरुद्ध समेत सिंहदरबार जलाउन उक्साएको भन्दै काउन्टर अभियान चलाएको देखिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति