बागमती र मधेस प्रदेशमा वर्षाको तीव्रता घट्दोक्रममा, अन्यत्र कस्तो छ ?

काठमाडौं १९ असोज । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेश र मधेस प्रदेशका क्षेत्रमा वर्षाको तीव्रता बिस्तारै घट्न थालेको छ। कोसी प्रदेशका भने धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको र यो अझै केही घण्टा कायम रहन सक्ने देखिएको छ।

मौसम विभागले आज आइतबार बिहान साढे ५ बजे दिएको अध्यावधिक जानकारीअनुसार हाल ८ वटा नदी केन्द्रमा जलसतह खतरा तहभन्दा माथि छ। जसमा बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला-सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढीमापन केन्द्र छन्। 

अनि १२ वटा नदी केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि र प्राय:जसो बढ्दो क्रममा छन्। यसमा बागमती, कमला, कोसी जलाधारका बाढीमापन केन्द्र छन्।

मौसम विभागले दिएको अहिलेसम्मको अपडेट

(मिति २०८२/०६/१९ बिहान ५ः३० बजेको अपडेट)

देशका विभिन्न नदीहरूबाट प्राप्त रियलटाइ जलसतह अनुसार:

-हाल ८ वटा नदी केन्द्रहरूमा जलसतह खतरा तह ( डेन्जर लेभल) भन्दा माथि छ। जसमा बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला-सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढीमापन केन्द्रहरू छन्।

-१२ वटा नदी केन्द्रहरूमा जलसतह सतर्कता तह (वार्निङ लेभल) भन्दा माथि र प्रायजसो बढ्दो क्रममा छन्। जसअन्तर्गत बागमती, कमला, कोसी जलाधारका बाढीमापन केन्द्रहरू रहेका छन्।

-यसैगरी कोसी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरूमा बहाब सतर्कता तह नजिक छ।

-बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता बिस्तारै घट्न सुरु गरेको छ भने कोसी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिन्छ।

-उल्लिखित नदीहरू (तल नक्सामा देखाइएका) मा आज बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ भने मध्यम जोखिम भोलि बिहानसम्मै रहने देखिन्छ।

-भोलिसम्मै उच्च सतर्कताको लागि अपिल गर्दछौँ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति