वर्षाको विपत्ति: देशभर कहाँ के के भयो?

काठमाडौं १८ असोज । रसुवाको लाङटाङ ट्रेकिङ गएका चार जना युवा बेपत्ता भएका छन्। शनिबार गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित बेरिङ खोलाले चार जनालाई बगाएर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेम शाहीले जानकारी दिए।
उनीहरू बेपत्ता भएको ठाउँ लाङटाङ जाने बाटो हो। एक्कासि आएको बाढीले चार जनालाई बगाएको प्रहरीले जनाएको छ।
१६ जनाको टोली ट्रेकिङ गएकोमा चार जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा मध्यपुर थिमि नगरपालिकाकी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका(१० बस्ने रवि श्रेष्ठ छन्। अरू सकुशल रहेको डिएसपी शाहीले बताए।

शुक्रबार दिउँसादेखि सुरु भएको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । मुख्य राजमार्गदेखि सहायक मार्ग र स्थानीय सडक सञ्जाल प्रभावित छन् । विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामकारबाही कहाँ कस्तो अवस्था छ ?

Live update: Rain disaster - what is happening across the country?

  • गोसाईंकुण्ड घुम्न गएका ४ जनालाई खोलाले बगायोभक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको रसुवाका डीएसपी हेम शाहीले जानकारी दिए । प्रहरीका अनुसार १६ मध्ये ८-८ जनाको समूहमा हिँडेको उनीहरूको एउटा समूहबाट ४ जनालाई एक्कासि आएको खोलाको बाढीले बगाएको हो ।.
  • बाढीले बीपी राजमार्गको विभिन्न स्थानको सडक कटानबीपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।कार्यालयका अनुसार, भकुण्डे–नेपालथोक सडक खण्ड अर्न्तगत रोशी गाउँपालिकाको वडा नं ९ स्थित बोक्सिकुनामा रोशी खोलाले अन्दाजी १५०/२०० मिटर सडक कटान गरेको,
  • वडा नं ७ स्थित घुमाउनेमा रोशी खोलाले अन्दाजी १५ मिटर सडक कटान गरेको, वडा नं ११ स्थित बुलढङ्गा र डालावेशीमा अन्दाजी १००/१०० मिटर सडक कटान गरेको , वडा नं ११कै  पिप्लेमा अन्दाजी ५० मिटर बाटो कटान गरेको र नमोबुद्ध नगरपालिका वडा नं स्थित ६ चौकीडाँडामा रोशी खोलाले अन्दाजी २० मिटर काटेको छ ।Road erosion at various places of BP highway due to flood
  • बाढी प्रभावितको ‘सेल्टर’का लागि काठमाडौं महानगरले तोक्यो ७० विद्यालयबाढीको जोखिममा रहेका बस्तीका मानिसहरूको आश्रयस्थलका लागि काठमाडौं महानगरपालिकाले ७० वटा विद्यालय तोकेको छ । मेयर बालेन्द्र शाहका अनुसार ७० वटा विद्यालयलाई तत्कालका लागि आश्रयस्थलको रूपमा तोकिएको हो । हालसम्म चारवटा विद्यालयमा बाढी प्रभावित परिवारलाई स्थानान्तरण गरिएको छ । प्रभावित बासिन्दा कुलेश्वरस्थित जन विकास विद्यालयमा २५१ जना, त्रिपुरेश्वरस्थित विश्व निकेतनमा ७० जना, गुह्येश्वरीमा ५२ जना, टेकुस्थित महेन्द्र सरस्वती आधारभूत विद्यालयमा २० जना बसिरहेका छन् ।
  • नागढुंगा मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिमवर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् ।आज जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको छHigh risk of landslides at 16 places along Nagadhunga Muglin road
  •  गृहमन्त्री ओमप्रकाश अर्यालले भौतिक क्षतिका विवरण आइरहेको भन्दै उनले मानवीय क्षति शून्य होस् भन्ने उद्देश्यले आफूहरूले काम गरिरहेको बताएका छन् । ‘मानवीय क्षति शून्य होस् र त्यसमा कुनै पनि हालतमा कमी, कमजोरी नहोस् भनेर निर्देशन गरिएको छ,’ शनिबार बेलुकी उनले पत्रकारहरूसँग भने ।
  • The Home Minister said: We are working so that human losses are zero
  • चितवन हुँदै काठमाडौं र अन्य जिल्ला जाने सडकमा गाडी चलाउन रोकचितवन प्रशासनले अर्को सूचना जारी नहुँदासम्म आज शनिबार साँझ ६ बजेदेखि चितवन हुँदै अन्य जिल्लामा जाने सडकहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाका गाडीहरू पहिरो र सडकको अवस्था हेरी प्रशासनको समन्वयमा आउजाउ गर्न सक्ने छन् ।Show More
  • 38m ago(20:55)आँबुखैरेनी-मुग्लिन खण्डमा अत्यावश्यकबाहेकका सवारी साधन बन्दपृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्ड भासिएको छ । उक्त सडक भासिएसँगै रातिको समयमा अत्यावश्यकबाहेक सम्पूर्ण सवारी साधन बन्द गरिएको छ ।Non-essential vehicles are closed on Ambukhareni-Mughlin section
  • मन्थली-तामाकोसी चरिकोट हुँदै राजधानी प्रवेश गर्दै सार्वजनिक यातायातकेदार शिवाकोटीदोलखा । बीपी राजमार्ग बन्द भएपछि सार्वजनिक यातायात मन्थली-तामाकोसी चरिकोट हुँदै राजधानी जान थालेका छन् । लगातारको वर्षाका कारण मुख्य राजमार्ग बन्द हुँदा पुष्पलाल मार्ग हुँदै यातायातका साधन राजधानी काठमाडौं प्रवेश गरेका हुन् । प्रशासनले रोक लगाए पनि सार्वजनिक यातायातले जबरजस्ती यो मार्ग प्रयोग गरेपछि अधिकांश सवारी साधन दोलखाको किर्नेटारमा रोकिएको दोलखाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए । किर्नेटार थप जोखिम क्षेत्र भएकाले त्यहाँ रोकिएका ५० भन्दा बढी सवारी साधनलाई चरिकोटसम्मको अनुमति दिइएको छ । ती सवारी साधनमा यात्रा गरिरहेकाहरूलाई चरिकोटमा बास बसाउने तयारी भैरहेको उनले बताए । More
  • रोशी खोलाले बीपी राजमार्ग कटान सुरु ज्योती श्रेष्ठ काभ्रे । निरन्तर वर्षाका कारण जिल्लास्थित रोशी खोलामा पानीको बहाव बढ्दै गएको छ । खोलामा पानीको बहाव बढ्दै खोलाले बीपी राजमार्ग कटान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । Roshi Khola has started cutting the BP highway
  • 3h ago(18:06)रौतहटको सदरमुकाम गौर बजार जलमग्नरौतहट । लगातारको वर्षाका कारण रौतहटको सदरमुकाम गौर जलमग्न भएको छ । शनिबार दिउँसोदेखि गौर जलमग्न हुँदा स्थानीय  जनजीवन प्रभावित बनेको छ । सबैभन्दा बढी डुबान भन्सार क्षेत्रमा छ । अपराह्न ४ बजेसम्मको रेकर्डअनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ । २४ घण्टामा सबैभन्दा धेरै सदरमुकाम गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ ।सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकास नपाउँदा गौर डुबानमा पर्ने गरेको छ । गौर बजार जलमग्न भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । Gaur Bazar, the headquarters of Rautahat, was submerged
  • पहिरोले हेटौंडा–काठमाडौं जोड्ने तीन वटा मार्ग अवरुद्धजिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मीखोलामा ढुंगा–माटो, लेदोसहितको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । यसैगरी इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी बजार नजिकै डोढारे खोलामा पानीको बहाव बढेसँगै शनिबार दिउँसोदेखि कुलेखानी–सिस्नेरी–फर्पिङ खण्ड अवरुद्ध बनेको छ । यस्तै, कान्तिलोकपथ सडकखण्डमा शनिबार दिउँसो भीमफेदी गाउँपालिका–८, बगुवाखोला नजिकै पहिरो झरेको छ । 
  • पृथ्वीराजमार्ग खुल्योपहिरोेले अवरुद्ध भएको पृथ्वीराजमार्ग अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो । चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् । Narayangadh-Muglin road section closed again after stones started falling in Tuinkhola
  • अरनिको राजमार्गको ५४ किलोमा ढुंगासहितको पहिरो अरनिको राजमार्ग अन्तर्गत ५४ किलोमा ढुंगासहित पहिरो झरेको छ । शनिबार दिउँसो करिब ३ बजेको समयमा त्यहाँ ढुंगासहितको पहिरो झरेको ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।उक्त राजमार्गकै धुलिखेल–खावा सडक खण्डको तिरतरे धारामा पनि ढुंगासहितको पहिरो झरेको छ ।
  • बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामाबितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगन्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगन्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ । विभागले बारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौँ उपत्यकालगायत  १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ ।
  • सिन्धुलीको अक्करे भीरमा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्धसिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–६ स्थित अक्करे भीरमा पहिरो खस्न थालेपछि यातायात आवागमन अवरुद्ध भएको छ ।
  • हनुमन्ते खोलाको सतही तहमा पानी, डुबानको उच्च जोखिमभक्तपुर – अविरल वर्षापछि भक्तपुरको जगाती, टुरिजम मार्केट, सल्लाघारी र राधेराधे हुँदै बग्ने हनुमन्ते खोला अहिले सतही तहमा आइपुगेको छ । खोलामा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको प्रहरीले जनाएको छ ।निरन्तर वर्षा जारी रहेमा खोला बस्ती क्षेत्रमा आज बेलुकासम्म प्रवेश गरी राति डुबान हुने सम्भावना उच्च रहेको भन्दै खोला छेउछाउका बासिन्दालाई उच्च सतर्कता र पूर्वसावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
  • तुइनखोलामा एकतर्फी सवारी सञ्चालन, अनावश्यक यात्रा नगर्न आग्रहचितवन – तुइनखोलामा हालका लागि पोखरा तर्फ मात्रै सवारी आवागमन गर्न मिल्ने गरी एकतर्फी यातायात सञ्चालनमा आएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार सडक क्षेत्रमा अझै जोखिम कायम रहेकाले अत्यावश्यक नभई सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
  • 6h ago(15:31)मेची राजमार्गको इलाम–ताप्लेजुङ खण्ड सडक बन्दइलाम – ताप्लेजुङ सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा रोक लगाएको छ ।शनिबार दिउँसो सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको डिभिजन प्रमुखद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।दिउँसोको समयमा अत्यावश्यक कारणले यात्रा गर्नुपर्ने सवारीसाधनमध्ये १० टनभन्दा बढी क्षमताका ठूला सवारीका लागि मेची कोरिडोर–कञ्चनजंघा–केचना सडक प्रयोग गर्न र १० टनभन्दा कमका साना सवारीसाधनका लागि सिमल–गोलाइ–जोगमाइ–तिल्केनी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
  • मन्त्री घिसिङले गरे चोभार–गल्छी क्षेत्रको निरीक्षणऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । उक्त गल्छीबाट काठमाडौँ उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको अवलोकन गरिएको हो ।मन्त्री घिसिङले धोबीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर र बागमती नदी कोरिडोरलगायत क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिएका छन् ।Minister Ghising inspected Chobhar-Galchi area
  • फिस्लिङमा पहिरो इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १:४५ बजे मुग्लिङ–नागढु्ंगा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ । पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए । निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।Landslide at Fischling
  • असोज २० गतेसम्म बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ।शनिबार बसेको जिल्ला सुरक्षा समिति काभ्रेको बैठकले गरेको निर्णय अनुसार, असोज १८ गते बिहान ९ बजेदेखि असोज २० गतेसम्म बीपी राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।
  • तुइनखोलामा ढुंगा खस्न थालेपछि नारायणगढ-मुग्लिन सडक पनि बन्द, चितवनका १४ ठाउँमा रोकिएका छन् गाडी चितवन-नारायणगढ मुग्लिन सडकको पहिरोग्रस्त क्षेत्र तुइनखोलामा ढुंगा झर्न सुरु भएपछि शनिबार दिउँसो एक बजेपछि त्यो बाटो हुँदै गाडी चलाउन पूर्णरूपमा रोक लागेको छ । यसअघि सो सडक हुँदै काठमाडौँ जाने गाडीलाई रोके पनि पोखरा आउजाउ गर्ने गाडीहरू चलेका थिए । पानी पर्न नरोकिएको र ढुंगा पनि खस्न सुरु भएका कारण जोखिम बढेका हुँदा सबै खाले गाडी चलाउन बन्द गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए ।त्यसैगरी मुग्लिनदेखि पूर्व पृथ्वी राजमार्गको कुरिनटार र फिस्लिङको बीचमा पनि पहिरो गएका कारण बाटो अवरुद्ध भएको उनले बताए । पृथ्वी राजमार्गको धादिङ जवाङ खोलानजिक शनिबार बिहानै गएको पहिरोले बाटो अवरुद्ध थियो ।
  • बनेपा–धुलिखेल जाने सवारीसाधन पनि फर्काइयोअहिले भक्तपुरबाट बनेपा–धुलिखेल जाने सवारीसाधन पनि रोकेर फर्काइएको छ । भक्तपुर–काभ्रे सीमाना साँगा नाकाबाट नै सवारीसाधन फर्काइएको प्रहरीले जनाएको छ ।
  • बीपी राजमार्गको नेपालथोक-धुलिखेल खण्डमा पहिरोबीपी राजमार्गको नेपालथोक-धुलिखेल खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरो खसेकाले सिन्धुलीमाडी, खुर्कोट र नेपालथोकमा सवारीसाधन रोकिएका छन् ।
  • भारी वर्षासँगै फर्किन थाले सवारीसाधन  मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए ।
  • भक्तपुर हुँदै पूर्व जाने सवारीसाधन जगातीमा रोकियोलगातारको वर्षापछि उपत्यकाबाट अरनिको राजमार्ग हुँदै पूर्वका काभ्रे र अन्य जिल्लाहरू जाने सवारीसाधन रोकिएको छ।राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा रोक लगाएसँगै भक्तपुरको जगातीबाट नै पूर्व जाने सवारीसाधन रोकेर फर्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण राईले जानकारी दिएका छन्। तर बनेपा र धुलिखेलसम्म जाने सवारीसाधन भने रोकिएको छैन।यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित किवा चोक गुण्डु नजिकैको सडक खण्डमा वर्षाका कारण पहिरो गएको छ। उक्त पहिरोका कारण गुण्डु–किवा चोक हुँदै नयाँ ठिमी चल्ने यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। अन्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
  • कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ।शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार बागमती प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरु सक्रिय भई हाल उच्च मात्रामा वर्षा भइरहेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपद्‌जन्य अवस्थाबाट हुन सक्ने क्षति न्युनिकरण गर्न अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको जनाएको छ।
  • छिल्लो ६ घण्टामा ६४ मिलिमिटर वर्षाजल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ। यो अवधिमा मधेश प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ। मधेशको वीरगञ्जमा ६४ मिलिमिटर पानी परेको विभागले जनाएको छ। त्यस्तै, गौरमा ५७, महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ। विभागका अनुसार पछिल्लो ६ घण्टामा मधेश, बागमती र गण्डकीमा धेरै वर्षा भएको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।काठमाडौँ उपत्यकामा भने गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ।64 mm of rain in last 6 hours
  • कोशी, मधेश र बागमतीमा अविरल वर्षा, केही घण्टा अझै बढी प्रभावित हुनेकोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागद्वारा बुलेटिनका अनुसार शनिबार बिहान १० बजे कोशी, मधेश र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षा भइरहेको हो ।वर्षाका कारण अबको केही घण्टामा कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने विभागले जनाएको छ । विभागले चेतावनी दिँदै अगाडि भनेको छ, ‘अब केही घण्टा विशेषगरी कोशी प्रदेश, मधेशी प्रदेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिन्छ ।’वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।
  • काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा, राति कैलालीमा बढी वर्षाआज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि वर्षाको मात्रा बढेको छ। लगातार झरी परिरहेको हो ।अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञन विभागले जानकारी दिएको छ । पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ ।पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। उनका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ । अवरुद्ध छैन बुटवल-नारायणगढ सडकपूर्वी र पश्चिम नवलपरासीमा हिजो बेलुकादेखि वर्षा भइरहेको छ । यद्यपि यो समाचार तयार पार्दासम्म जिल्लामा डुबान र राजमार्ग अवरुद्ध भएका खबर प्राप्त भएका छैनन् । पूर्व पश्चिम राममार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड सञ्चालनमा छ भने भित्री तथा सहायक मार्गमा पनि अवरोध नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले सतर्कता अपनाउन आग्रह गरेको छ । 
  • अरनिको राजमार्गमा पहिरो खसेपछि एकतर्फी सवारी सञ्चालनपहिरोका कारण अरनिको राजमार्गमा एकतर्फी सवारी सञ्चालन गरिएको छ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सुख्खा पहिरो झरिरहेका कारण उक्त सडकमा एकतर्फीमात्रै सवारी सञ्चालन गरिएको हो।राजमार्गको धुलिखेल–खावा सडक खण्डअन्तर्गत तिरतिरे धारामा स–साना ढुंगा झरिरहेकाले राजमार्गमा अहिले एकतर्फीमात्रै सवारी चलाइएको प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए। रातिदेखि परेको पानीले राजमार्गमा ढुंगासहित स–साना पहिरो झरिरहेको उनले बताए।त्यस्तै, वीपी राजमार्गअन्तर्गत मंगलटारमा लेदोसहितको स–सानो पहिरो झरिरहेको छ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति