जेनजी आन्दोलनमा गोली लागेर घाइते लक्ष्मण राईको मृत्यु

काठमाडौं १३ असोज । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको हो।

परिवारका अनुसार पोस्टमार्टमका लागि अहिले उनको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ।

उनको टाउको पछाडिको भागमा गोली लागेको थियो।

जेनजी आन्दोलनका क्रममा यसअघि ७४ जनाको मृत्यु भइसकेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति