ओली र लेखकलाई विदेश यात्रा प्रतिवन्ध, उपत्यका छाड्न नपाउने

काठमाडौं १२ असोज । जेनजी आन्दोलनका क्रममा भाद्र २३ र २४ गतेका घटनाको छानविन आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री लगायतका अधिकारीलाई विदेश यात्रामा प्रतिवन्ध लागउने निर्णय गरेको छ ।


जाँचबुझ समितिको आइतबारको बैठकले जेनजी आन्दोलनका क्रममा भएको प्रहरी दमन तथा तत्कालीन सरकारको निर्देशनका बारेमा सोधपुछ तथा छानविन गर्नु पर्ने भएकाले ओली, लेखक तथा तत्कालीन नेगुवि प्रमुख हुतराज थापा, तत्कालीन गृहसचिव गोकर्णमणि दवाडी र तत्कालीन काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुख(सीडिओ) छवि रिजालको यात्रा प्रतिवन्ध तथा उपयत्यका नछाड्ने प्रवन्ध गर्न नेपाल सरकारलाई पत्रचार गरेको छ ।
समितिका सदस्य विज्ञानराज शर्माले लेखेको पत्रमा ती अधिकारीहरुलाई सूचित गर्न समेत भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति