ओलीको डेरा गुण्डुमा सुरु भयो एमाले सचिवालय बैठक

काठमाडौँ १२ असोज । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो ।

जेनजी आन्दोलनपछि विकसित घटनाक्रमबारे छलफल गर्न र पार्टीको धारणा बनाउन अध्यक्ष ओलीले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् ।

जेनजी आन्दोलनले सत्ताबाट बहिर्गमन भएका अध्यक्ष ओलीलाई नेतृत्व त्याग्न कतिपय नेताहरूले सुझाव दिँदै आएको अवस्थामा ओलीले दिने जवाफ र एमालेले लिने नयाँ रणनीतिबारे कार्यकर्ताहरूले चासोका साथ हेरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति