भक्तपुर ११ असोज :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बाक्लो प्रहरी घेरामा राखेर उच्च सुरक्षासहित कार्यक्रम स्थलदेखि घरसम्म लगिएको छ । गुन्डुमा आयोजित राष्ट्रिय युवा सङ्घको खुल्ला भेटघाट कार्यक्रमबाट उच्च सुरक्षासहित ओलीलाई घरसम्म लगिएको हो ।

उक्त कार्यक्रममा बाक्लो रूपमा प्रहरी परिचालन समेत गरिएको थियो ।



_hPeRBuWBsY.jpg)
_IbR3G2fnAn.jpg)
_0omtyMAPkp.jpg)
_QtJuJQCaiw.jpg)
_t9Uk6ijhV9.jpg)
‘सरकारका केही कर्तव्य हुन्छ कि हुँदैन? सरकारमा हुनेहरूले सुविधा चाहिएन सुरक्षा दिनुपर्छ कि पर्दैन? असुरक्षामा देश हाल्ने, असुरक्षाका माध्यमबाट सरकारमा पुग्ने, आतंक फिँजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्न भन्ने यो कुन तरिका हो?,’ उनले भने।
अध्यक्ष औलीले अहिलेको अवस्था समाधान नभएको पनि बताए।
संवैधानिक तरिकाले निकास निकाल्न उनले राजनीतिक दलदेखि सबैलाई आह्वान समेत गरेका छन्।
‘खासगरी राष्ट्रियतालाई जोगाउन राष्ट्रिय एकतालाई जोड दिन र त्यो एकता हाम्रो शान्तिपूर्ण, सामाजिक सद्भावपूर्ण एकताबाट मात्रै सम्भव छ। म फेरि नेपालीलाई आह्वान गर्न चाहन्छु एक ठाउँमा आऔं। बसौं छलफल गरौं, निकास निकालौं। समाधान खोजौं,’ उनले भने।
_i0fAO4XH38.jpg)

प्रतिक्रिया