नागरिक उड्डयनमा बम विस्फोट गर्ने धम्कीपछि …

नयाँ दिल्ली (एजेन्सी ) । देशको सबैभन्दा ठूलो नागरिक उड्डयन सुविधालाई बम विस्फोट गर्ने धम्कीपछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिआतंकवादी सुरक्षा अभ्यास सुरु गरिएको छ ।

सामाजिक सञ्जालमा विमानस्थलमा विस्फोट गराउने धम्कीपछि उक्त अभ्यास गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

बुधबार बिहान दिइएको उक्त धम्कीलाई गैर विशिष्ट वा ठगीको रुपमा वर्गीकृत गरिएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

विमास्थलमा वम विस्फोट गराउनुपर्छ भनेर सामाजिक सञ्जालमा लेखिएको पोस्टबारे विमानस्थल अधिकारीहरुलाई जानकारी गराइएको थियो । पछि च्याट पोस्टलाई सुरक्षा अधिकारीले पत्ता लगाएका थिए । अनुसन्धानपछि उक्त धम्की नक्कली भएको पत्ता लागेको थियो ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति