पाँचौँपटक संसदीय दलको नेता बने शेरबहादुर देउवा

काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा पाँचौँपटक शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बुधबार बिहान भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापतिसमेत रहेका देउवा निर्वाचित भएका हुन् । उनले महामन्त्री गगनकुमार थापालाई ३९ मतले अपराजित गरेका हुन् । 

८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए । योसँगै कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी देउवाले पाँचौँपटक पाएका हुन् । 

२०५१ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सहयोगमा देउवालाई संसदीय दलको नेता बनेका थिए । सोही बेला उनी ४९ वर्षकै उमेरमै प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाले  सुशील कोइरालालाई पराजित गरे । 

२०७० मा भएको दोस्रो दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बनेका सुशील कोइरालाले दलीय सहमतिअनुसार ३ असोज २०७२ मा संविधान जारी भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिए ।

यसपछि भएको कांग्रेस संसदीय दलको नेतामा देउवाले रामचन्द्र पौडेललाई पराजित गरेका थिए । देउवा तेस्रोपटक संसदीय दलको नेतामा निर्वाचित भए । 

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि प्रकाशमान सिंहलाई पराजित गर्दै देउवा चौथोपटक संसदीय दलको नेतामा निर्वाचित भए । 
पाँचौँपटक बुधबार गगन थापालाई पराजित गर्दै देउवा संसदीय दलको नेतामा विजयी भएका हुन् । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board