एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत

काठमाडौं, ५ मंसिर । नेकपा एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।

उनका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् । एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रूपमा रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board