विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाको पोल्टामा, पेनाल्टी शुटआउटबाट अर्जेन्टिना विजेता

काठमाडौं । कतारमा सम्पन्न फिफा विश्व कप २०२२ दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिाले जितेको छ ।

अर्जेन्टिना बन्यो विश्वकप विजेता

न्युज कारखाना

काठमाडौं, ३ पुस

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो ।

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।  

अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो । 

अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो । 

 खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन् । 

यसअघि सन १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो । लगातार दुई दशक सम्मका महान खेलाडी लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले सन् २०१८ को विजेता फ्रान्सलाई पराजित गरेको हो ।


निर्धारित ९० मिनेटमा बरावरी भएपछि थपिएको अतिरिक्त समयमा समेत १–१ गोल भएपछि पनोल्टप्ी शुटआउटबाट निक्र्योल गरिएको थियाये ।
कतारको दोहा स्थिति लुसेल स्टेडियममा भएको फाइनल खेलमाको पहिलो २३ औं मिनेटमा कप्तान मेसीले पेनाल्टी सुटआउटमा पहिलो गोल गरेका थिए । लगत्तैखेलको ३६ औँ मिनेटमा एञ्जल डिमारियाले सुन्दर गोल गर्दा अर्जेन्टिना ० विरुद्ध २को अग्रतामा रहेको थियो ।
दोसैो हाफको ७९ औं मिनेट फ्रान्सका लागि स्ट्राइकर एम्वाप्पेले पहिलो गोल गरेका थिए । लगत्तै एकाइसौं मिनेटमा स्ट्राइकर एम्वाप्पेले अर्को गोल गर्दै बरावरी गरेका थिए ।
फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट हुने भएको छ।

खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पनि दुवैले १–१ गोल फर्काका थिए।

यससँगै खेल पेनाल्टी सुटआउटमा गएको हो।
विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध मैदानमा उत्रिएसँगै अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सीले अर्को कीर्तिमान बनाएका छन्।

मेस्सीका नाममा विश्वकप फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान लेखिएको छ भने खेलको २३ औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै यस विश्वकपमा सर्वाधिक ६ गोल गर्न सफल भएका छन् ।

लुसैल स्टेडियममा सुरु भएको खेलमा मैदान टेक्नेबित्तिकै मेस्सी सर्वाधिक विश्वकप खेल्ने पहिलो खेलाडी हुन्।

मेस्सीले विश्वकपमा २६ औँ खेल खेलिरहेका छन्। यसअघि सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेलेका मेस्सीले जर्मनीका लोथार मथाउसको २५ खेलको कीर्तिमान बराबरी गरेका थिए।

पाँचौ विश्वकप खेलिरहेका मेस्सीले दोस्रो पटक विश्वकपको फाइनल खेलिरहेका छन्। लगातार पाँच विश्वकप खेल्ने मेस्सी छैटौँ खेलाडी हुन्।

यसअघि एन्टोनियो कार्बजल, लोथर मथाउस, राफ मार्केज, एन्डेस गार्डाडो र क्रिस्टियानो रोनाल्डोले पाँच विश्वकप खेलेका छन्।

पाँच विश्वकप खेलेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २२ खेल मात्रै खेले। यो विश्वकप मेस्सी र रोनाल्डोका लागि नै अन्तिम हुने बताइसकेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board