विश्वकप फाइनल : फ्रान्सविरुद्ध २ गोल गर्दै अर्जेन्टिनाको अग्रता

काठमाडौं, ३ पुस । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भइरहेको छ ।  

लुसिल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध सुरुआती अग्रता लिएको छ । पहिलो हाफमा २ गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएका हुन् ।

खेलको २३औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गरेका छन् ।

त्यस्तै, दोस्रो गोल मेस्सीको पासमा डिमारियाले ३६औं मिनेटमा गोल गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board