आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासियो, पृथ्वीराजमार्ग अवरूद्ध

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ।

आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।

सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको हो।

‘सडकमा ठूलो खाल्डो परेको छ। पृथ्वीराजमार्ग अवरूद्ध छ,’ उनले भने, ‘खुलाउने प्रयास भइरहेको छ, अहिले स-साना गाडीहरू पास भइरहेका छन्।’

खाल्डोमा माटो राखेर पुरेर सडक पुनस् सञ्चालनमा ल्याइने उनले बताए। पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति