देउवा र माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौं, २ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले नेपालसँग छलफल गरेका हुन् । 

एकीकृत समाजवादीको दस सिटसहित आफूसँग ६० बढी सिट रहेको प्रचण्डको दाबी छ । सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी पेस गरिरहेका छन् । यही विषयमा ‘क्लियर’ हुन देउवाले नेपालसँग भेटवार्ता गरेको बालुवाटार स्रोतको भनाइ छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति