नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट ४ गते सोमवार आह्वान गर्ने तयारी

काठमाडौं १ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई पुस ४ गते सोमबार आह्वान गर्ने तयारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयको राजनीतिक स्रोतका अनुसार राष्ट्रपति भण्डारीले सोमबार संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार गठनका लागि संसदमा उपस्थित दलहरुलाई आह्वान गर्न लागेकी छन् ।निर्वाचन आयोगले बुधबार निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिसकेको छ ।

राष्ट्रपति कार्यालयले आयोगबाट प्राप्त प्रतिवेदनको संसद सचिवालयमा पठाइसकेको छ ।

नयां सरकार गठनका लागि राष्ट्रपतिले निर्वाचन आयोगबाट निर्वाचन परिणामको प्रतिवेदन बुझेको १ महिनाभित्र नयां सरकार गठन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ७६ (१) मा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था भएपनि ७२ (२) मा दलको नेता हुनै पर्ने व्यवस्था छैन । संसदमा रहेको कुनै राजनीतिक दलको सदस्य पनि प्रधानमन्त्री हुन सक्ने प्राव्धान छ ।

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन गर्न कुनै पनि दलले प्रतिनिधि सभामा बहुमत २७५ को कम्तीमा १३८ सदस्य जितेको हुनु पर्दछ । तर मंसिर ४ को निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त नगरेकाले संविधानका धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सदस्यले प्रधानमन्त्रीको दाबी गर्नु पर्नेछ । आधार सहित त्यस्तो दावी गर्ने सदस्यलाई राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र संसदबाट विश्वासको मत प्राप्त गर्नु पर्दछ ।वर्तमान सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने सम्भावना रहेको सत्ता गठवन्धन स्रोतले बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board