भन्सार विभागको महानिर्देशकमा चक्र बुढा

काठमाडौं । भन्सार विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सह–सचिव चक्र बुढा नियुक्त भएका छन् ।

विभागको महानिर्देशक कमल भट्टराईलाई मन्त्रालयमा सरुवा गरेर अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख बुढालाई भन्सार विभागको जिम्मेवारी दिइएको हो ।

भन्सार विभागबाट अर्थ मन्त्रालयमा सरुवा भएका भट्टराईलाई मन्त्रालयको वित्तीय समन्वय महाशाखाको जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।

यस्तै, आन्तरिक राजस्व विभागको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका रितेश शाक्यलाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति