रवि लामिछानेको नागरिकता विवाद : सांसद पद खारेजीको माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौं, २८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वाेच्च अदालतसम्म पुगेको छ ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रविको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै सांसद पद खारेजीको माग राखेर युवराज सफलले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । 

अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा आफ्नै अध्यक्षतामा दल दर्ता गरेको, सोही अवस्थामा उम्मेदवारी दिएर प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएकाले उनको सांसद पद र पार्टी सभापति खारेज गर्न दायर रिटमा माग गरिएको छ ।

रविको उम्मेदवारी दर्ता गरेर निर्वाचन आयोगले समेत संविधान र ऐनको गम्भीर उल्लंघन गरेको दावी गरिएको छ ।

रिट संवैधानिक इजलासमा दायर गरिएको छ । रिट निवेदक युवराज सफलले रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई समेत विपक्षी बनाएका छन् । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति