नयाँ सरकार गठनबारे छलफल गर्न देव गुरुङ बालकोटमा

काठमाडौं । नयाँ सरकार गठनका लागि प्रमुख दलहरुबीच दौडधुप चलिरहेका बेला नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

संसदमा ठूलो दल कांग्रेसले सरकार गठनका लागि बहुमत पुर्याउन पहल गरिरहेका बेला प्रधानमन्त्री आफूले पाउनुपर्ने पहिलो शर्तसहित माओवादी केन्द्रले सरकार गठनको पहल थालेको हो ।

मंसिर ४ को आमनिर्वाचनमा बहुमत ल्याउन नसकेपछि समस्या परेको सत्ता गठबन्धनले बहुमत जुटाउने कोसिस तीव्र पारिरहेका बेला एमाले र माओवादीबीच पनि संवाद सुरु भएको हो ।

सत्ता गठबन्धनले सरकार निर्माण प्रयास थालिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ‌ओली राजनीतिक संवादमा जुटिरहेका छन्।

यी संवादका क्रममा मंगलबार साँझ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ ओलीसँग वार्ताका लागि भक्तपुरको बालकोट पुगेका थिए ।

२०७४ मा बनेको गठबन्धन भत्किएर एमाले र माओवादीमासमेत विभाजन आएको अवस्था यी दुई दलबीच फेरि मिल्ने प्रयास सुरु भएको हो।

मंसिर ४ को चुनावी परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ बुझाउने तयारी गरिरहेका बेला सरकार निर्माणका अनेक प्रयास सतहमा आइरहेका छन्। त्यहीक्रममा एमाले र माओवादीबीच फेरि संवाद हुन थालेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति