नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थमन्त्रालयकाको सहमति, धीरज प्रताप सिंह नै अर्को दुई वर्ष प्रमुख हुने

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले स्वीकृति दिएको छ। गृह मन्त्रालयले अर्थसँग सहमति माग्दै फाइल पठाएको थियो।
अर्थ मन्त्रालयले आगामी वर्षबाट लागू गर्ने गरी स्वीकृति दिएको गृह श्रोतले जानकारी दिएको छ। सरकारले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नै निरन्तरता दिने गरी ३० वर्षे सेवा अवधिका कारण अवकास हुने व्यवस्था हटाउन लागेको हो।

यसबाहेक पदावधी र ५८ वर्षे उमेर हदका कारण अवकास हुने व्यवस्था भने कायम रहनेछ। अर्थले स्वीकृति दिएसँगै कार्यन्वयन हुने करिव निश्चित भएको छ। अब गृहले कानुन मन्त्रालय र लोकसेवा आयोगमा पठाउने छ। त्यहाँबाट राय आइसकेपछि मन्त्रिपरिषद्बाट पारित गरेर प्रहरी नियमावली संसोधनका लागि अध्यादेश ल्याउने तयारीमा सरकार छ।

अर्थ मन्त्रालयले अर्को वर्षबाट मात्रै लागू गर्न भनेपनि प्रधानमन्त्री अहिले नै लागू गर्ने योजनामा छन्। वर्तमान सरकारले धिरजप्रताप सिंहलाई नै निरन्तरता दिन चाहेको छ।

नियमावली संसोधन नभए सिंह आगामी चैतमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास हुनेछन्। ३० वर्षे सेवाअवधिका कारण ५८ वर्ष नपुग्दै प्रहरीका उच्च अधिकारीहरु अवकासमा गएको र यसले राज्यलाई आर्थिक भार थपेको अध्ययन समितिले निस्कर्ष निकालेको थियो।

समितिले नै ३० वर्षे हटाउन सुझाव दिएपनि प्रहरी भित्रकै हानाथापले ३० वर्षे हट्न सकेको थिएन। पूर्वआईजीपी कुबेरसिंह राणा नेतृत्वको आयोगले २०७४ मा नै ३० वर्षे प्रावधान हटाउन सुझाव दिएको थियो।

आईजीपीमा धिरजकै निरन्तरताको तयारी, अध्यादेश मार्फत ३० वर्षे हटाउने

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति