विश्वकप सेमिफाइनल : अर्जेन्टिनालाई २–० को अग्रता

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि २–० को अग्रता लिएको छ।

खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत स्ट्राइकल लियोनेल मेसीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ३९ औं मिनेटमा जुलियान अल्भारेजले अर्को गोल थपेर दोब्बर पारेका हुन्।

यससँगै पहिलो हाफमा अर्जेन्टिना २–० ले अगाडि छ।

आजको खेलमा जित हात पार्ने टोलीले आइतबार हुने फाइनल खेल खेल्नेछ। फ्रान्स र मोरक्को मध्येको विजेतासंग खेल्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति