वर्खास्तको नक्कली पत्रविरुद्ध प्रेम गाहामगरको लडाईं अब केन्द्रसँग

लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई अध्यक्षबाट वर्खास्त भएको भनि केन्द्रका महासचिव गौरीराज जोशी र डा. केशव पौडेलले पठाएको पत्र नक्कली भएको प्रमाणित भएको छ ।

श्रोतका अनुसार, उक्त पत्र पठाउन कार्यकारी कार्यकाल सकिएका एनआरएनए अध्यक्ष कुल आचार्यको दवावमा रामशरण सिम्खडाले ड्राफ्ट गरि गौरी र केशवले पठाएका पाइएको हो ।

वर्खास्त गरिएको बेहोराको पत्र लेख्नुअघि न कार्यकारी अध्यक्ष रविना थापासंग विमर्श भएको थियो न कार्यसमितिमा छलफल भएको थियो । कार्यकारी अध्यक्ष रविना थापाले आफूलाई यसबारे केही थाहा नभएको सार्वजनिक कार्यक्रममै बताइसकेकी छन् ।

वर्खास्त गरिएको भनि एकजना जननिर्वाचित अध्यक्षलाई मानमर्दन गरिएको र संस्थाको प्रतिष्ठा समेत धुमिल पारिएको भन्दै गाहामगरले यो विषयलाई चर्काउने भएका छन् ।

गाहामगरले एनआरएनए यूकेको गत ६ अगष्टमा सम्पन्न वार्षिक साधारणसभाले दिएको म्याण्डेट बमोजिम गठित अधिकारसम्पन्न एक छानविन समितिका प्रमुख डा। भीम पुनलाई गत १९ नोभेम्बरमा एक पत्र लेखी उक्त पत्रको आधिकारिताबारे छानविन गरिदिन अनुरोध गरेका थिए । गाहामगरको अनुरोधपछि छानविन समितिका प्रमुख डा। पुनले गत २७ नोभेम्बरमा एनआरएनए कार्यकारी अध्यक्ष रविना थापालाई पत्र लेखेका छन् ।

पत्रमा कुन धरातलमा टेकेर वर्खास्त गरिएको पत्र लेखियो रु एउटा स्वायत्त शाखाको निर्वाचित अध्यक्षमाथि कारवाही गर्ने अधिकार केन्द्रका दुई पदाधिकारीलाई कुन धारा र दफाले दियो रु समाजमा भ्रम फैलाइ वर्खास्त गरियो भन्ने दुई महासचिवलाई किन कारवाही नगर्ने आदि सवालमा प्रश्न उठाइएको छ ।

प्रेम गाहामगरलाई ११ हजार ३६३ पञ्जीकृत सदस्यहरुले निर्वाचित गरेका थिए । बेलायतको समेत निर्वाचन गराउने विश्वसनीय कम्पनी च्वाइस भोटिंग र केन्टोले गाहामगर निर्वाचित भएको रिजल्ट दिएका थिए ।

कुल आचार्य, रामशरण सिम्खडा र डा। हेमराज शर्माको नेतृत्वमा एनआरएनए यूके विवाद मिलाउन १४ सदस्यीय समिति बनाइएको थियो । तर, उक्त समितिका सदस्यहरुले वस्तुस्थिति नबुझी एकजना निर्दोष भूतपूर्व ब्रिटिश गोर्खा प्रेम गाहामगरलाई अपहेलना र जातीय भेदभाव गरेका छन् ।

गैर गोर्खाहरुको समितिले नियतवश गोर्खा अभियन्तामाथि जातीय भेदभाव गरेको भन्दै गाहामगरले यसलाई पनि कानून लड्ने बलियो आधार बनाएका छन् ।

अध्यक्ष गाहामगरले अहिलेसम्म आफूले केन्द्रबाट रेस्पोन्स नपाएको जनाउंदै अब केन्द्रका महासचिव गौरी जोशी र डा। केशव पौडेलसहित यसमा संलग्न सबैलाई सार्वजनिक रुपमै नंग्याउने चेतावनी दिएका छन् ।

उनले बेलायत र नेपालको अदालतमा बेग्लाबेग्लै मुद्दा दर्ता गरि उनीहरुलाई चरित्र हत्याको आरोपमा सजाय दिलाउन समेत पछि नपर्ने चेतावनी पनि दिएका छन् ।

गाहामगरले पत्रको जवाफ पठाउन वेवास्ता गरिए आउंदो फेब्रुअरीमा एनआरएनए केन्द्रिय कार्यालयमा एनआरएनए यूकेका पञ्जीकृत सदस्यहरुसहित धर्ना दिने पनि बताएका छन् ।

विधान विपरितको क्रियाकलापमा संलग्न आइसीसीलाई समेत मुद्दा हाल्न वकिल तयारी अवस्थामा रहेको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board