रास्वपाले चयन गर्‍यो समानुपातिक सांसद [सूचि सहित]

काठमाडौं, २३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची बुझाएको छ । रास्वपाले शनिबार विभिन्न क्लष्टरबाट १३ सांसदको सूची बुझाएको हो ।

पार्टी सभापति रवि  लामिछानेको सभापतित्वमा शनिबार बसेको केन्द्रीय समिति बैठकले समानुपातिक सांसद छनोट गरेकोमा दलित महिला नपरेपछि विरोध भएको छ ।

स्वतन्त्र पार्टीले दलितबाट दुई जना पुरुष पठाएको छ । जसमा सन्तोष परियार र शिव नेपाली रहेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले बताए ।

दलितबाट दुवै जना पुरुष पठाएपछि महिलातर्फ उम्मेदवार रहेकी कल्पना रोक्काले विरोध जनाएकी हुन् । उनले यसका विरुद्ध पार्टी र निर्वाचन आयोगमा उजुरी दिने बताएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति