कञ्चनपुरमा डेंगु संक्रमण घट्यो

बेदकोट, २४ मंसिर । चिसो सुरु भएसँगै कञ्चनपुरमा डेंगुको संक्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेंगुको संक्रमण कम हुँदै गएको हो ।

एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानुकारी दिए । “पछिल्लो केही महिनायता डेंगु सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्”, उनले भने । चिसोमा डेंगु सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले संक्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टले बताए ।

स्वास्थ्य कार्यालयले समुदायस्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि संक्रमणमा कमी आएको उनले बताए । महाकाली अस्पतालमा पछिल्लो समय डेङ्गुका बिरामी फाट्टफुट्ट आउने गरेका छन् । उनले भने, “दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन् ।” महाकाली अस्पतालमा अहिलेसम्म २५० जना डेंगुका बिरामी फेला परेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति