किन उत्रिए न्युयोर्क टाइम्सका १ हजार कर्मचारी हड्तालमा ?

न्युयोर्क, २४ मंसिर । अमेरिकी समाचार संस्था न्युयोर्क टाइम्सका १,००० भन्दा बढी कर्मचारीहरूले हडताल गरेका  उनीहरूको युनियनले भनेको छ ।

प्रायः अमेरिकाको पेपर अफ रेकर्ड भनेर चिनिने मिडिया आउटलेटका पत्रकार र अन्य कामदारहरू कम्पनीसँग नयाँ चरणको सम्झौता वार्तामा सहमतिमा पुग्न असफल भएपछि २४ घण्टासम्म बाहिर निस्किएको युनियनले जनाएको छ ।

हडतालमा परेका मजदुरहरूको प्रतिनिधित्व गर्ने युनियन द न्युजगिल्ड अफ न्यु योर्कले बढ्दो मुद्रास्फीतिलाई ध्यानमा राख्दै तलब वृद्धि गर्न व्यवस्थापनको अस्वीकार आन्दोलनको प्रमुख कारण रहेको बताए ।

‘न्युयोर्क टाइम्सका ११ सयभन्दा बढी कामदारहरू अहिले आधिकारिक रूपमा काम रोकेका छन्’ युनियनले बिहान ट्वीट गर्‍यो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति