नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ, २४ मंसिर । गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै कतार विश्वकप २०२२ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

शुक्रबार राति निर्धारित समय र अतिरिक्त समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । जहाँ गोलरक्षक मार्टिनेज चम्किँदा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँगको भेट पक्का गर्‍यो । राति नै भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा प्रवेश गरेको थियो । 

नेदरल्यान्ड्सको तर्फबाट टिउन कुपमाइनर्स, वाउट वेगहर्स्ट र लुक डी योङले पेनाल्टीमा गोल गरेका थिए । अर्जेन्टिनाको तर्फबाट कप्तान लियोनेल मेसीसहित लियान्द्रो परेडेस र गोन्जालो मोन्टियल र लाउटारो मार्टिनेजको प्रहार गोलमा परिणत भएको थियो । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board